भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
खोटाङको खोटेहाङ गाउँपालिका ६ बाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घरमा रहेको भरुवा बन्दुक देखाई मानिसहरुलाई आतंकित बनाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी सिम्पानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० बर्षीय भूपाल मोक्तानलाई १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मोक्तानको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।














Discussion about this post