धरानकी उपमेयर मञ्जु भण्डारी सवार गाडी कोशी राजमार्गको धरान–विराटनगर सडक खण्डमा दुर्घटनामा परेको छ ।
आज दिउँसो करीब साढे १ बजे दुहवीमा दुर्घटना भएको हो ।
धरानबाट बिराटनगरतर्फ गईरहेको को १ ज ७४९८ को उपमहानगरपालिकाको गाडीलाई सोही दिशामा गइरहेको ट्रकले ठक्कर दिएको बताइएको छ । को १ ग ७८९१ नम्बरको ट्रकले उपमेयर भण्डारी सवार उपमहानगरको गाडीलाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करले उपमहानगरपालिकाको गाडीको अगाडिको भाग कुच्चिएको छ ।
गाडीमा सवार सबै सकुशल रहेका छन् ।














Discussion about this post