इटहरी : इटहरीबाट ५६ बण्डल पटकासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. ८ पुष्पलाल चौकस्थित पूर्वी गैसार जानेबाटोको भित्री सडक खण्डमा प्रतिबन्धित बिष्फोटक पदार्थ पटकाहरु ल्याउँदैछन् भन्ने गोप्य सूचनाको आधारमा चारजनालाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा इटहरी १३ बस्ने ३० बर्षीय रञ्जित सरदार (अटो चालक), इटहरी १२ बस्ने ३२ बर्षीया शान्ताकुमारी चौधरी, इनरुवा नगरपालिका ९ बस्ने २२ बर्षीय सतम अन्सारी र हरिनगर गाउँपालिका २ बस्ने २० बर्षीय दिनेश राम रहेका छन् ।
गएराती दक्षिण तर्फबाट आउँदै गरेको को. २२ प ३००२ नं. को मोटरसाईकल संगै रहेको को १ ह ७२६० नं. को अटो टेम्पुमा ४ वटा बोरा भित्र ५६ बण्डल नागिन लेखिएको बिष्पोटक पदार्थ (पटका) सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post