तरहरा : इटहरी १९ मा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
यहाँस्थित चौतारी चौक नजिकैकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । इटहरी १९ का वडासदस्य खेम भारतीका अनुसार उनको आज विहान करीब ४ बजे मृत्यु भएको हो ।
‘दशैँको समयदेखि नै उनलाई गाह्रो भएको रहेछ,’ भारतीले टाकुरासँग भने, ‘४ दिन अगाडि कोभिड टेष्ट गराउँदा पोजेटिभ आएको थियो ।’
उनका अनुसार ती महिलालाई दशैँको समयअगाडिदेखि नै रुघा लागेको भएपनि केही दिन अगाडि मात्रै विराटनगरमा कोभिड जाँच गराउँदा संक्रमण पुष्टि भएको थियो । उनी होम आइसोलेसनमै बस्दै आएको उनले बताए ।
नेपाली सेनाले मृतक महिलाको शब आजै व्यवस्थापन गरिसकेको छ ।














Discussion about this post