प्रदेश १ मा भोलि कात्तिक २५ गते मंगलबार सार्वजनिक विदा परेको छ ।
फाल्गुनन्द दिवसको अवसरमा मंगलबार प्रदेशभरी सार्वजनिक विदा दिइएको हो । सार्वजनिक विदाबारे राजपत्रमा प्रकाशित गरिएको छ ।
किरात धर्मको समाज सुधारका रूपमा परिचित महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मंगलबार किरात धर्मावलम्बीहरूले धुमधामका साथ मनाउँदै आएका छन् ।
नेपाल सरकारबाट २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते प्रदेश नम्बर १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो ।
















Discussion about this post