त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसबाट स्थगित परीक्षा २८ मंसिरदेखि सुरू गर्ने भएको छ ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायतर्फको चार वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा सञ्चालन गर्न लागिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
त्रिविका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्न लागिएको हो । चौथो वर्षको फर्म छुटेका विद्यार्थीले दोब्बर दस्तुर तिरेर ८ मंसिरभित्र फर्म भरिसक्नु पर्ने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
त्रिविले १४ पुसमा सबै परीक्षा सकिने गरी तालिका सार्वजनिक गरेको हो ।














Discussion about this post