सुनसरीको बराहक्षेत्र ३ मिलन चोकमा भएको कार दुर्घटनामा दुईजना घाईते भएका छन् ।
प्रदेश ३–०१–०२३ च १२६५ न. को कार र बिपरीत दिशाबाट जादैँ गरेको को १३ प ८८७१ न. को मोटरसाईकल एकआपसमा ठक्कर हुँदा दुईजना घाईते भएका हुन् ।
घाईते हुनेमा मोटरसाईकल चालक इटहरी ८ बस्ने बर्ष ४३ को ईश्वर पोखरेल रहेका छन् ।
त्यस्तै, मोटरसाईकल पछाडि सवार विराटनगर ७ बस्ने बर्ष ५० को रामबहादुर पोखरेल गम्भीर घाईते भएका छन् ।
उनीहरु दुवै जनाको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि पठाईएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।














Discussion about this post