तरहरा : संक्रमितलाई हेला होईन हौसला प्रदान गरौ भन्ने उदेश्यले इटहरीमा रहेको जागरूप रिकभरिङ समूह (पूर्व दूर्व्यसनीहरूको समूह) ले कोभिड १९ बाट संक्रमित रहेका मानिसहरुको घरमा सेनिटाइज गरेको छ ।
आफ्ना फेलोसिप साथीभाईहरूको घर–घरमा गएर सेनिटाईज गरिएको समूहका अगुवा सुरेश गुरुङले जानकारी दिए ।
उनका अनुसार रोगबाट पूर्ण छूटकारा पाउँन बिभिन्न डाक्टरहरूसँग गरिएको परामर्श र निर्देशन अनुसार हौसला प्रदान गर्दै आईरहेको छ ।
साथै सोही समूहले बिगतका दिनहरुमा पनि इटहरीमा रहेका सुधारगृहहरुमा सेनिटाई गर्नुका साथै जडिबुटी समेत वितरण गरेको थियो ।















Discussion about this post