डाका मुद्धाका फरार प्रतिबादीलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ ।
जिल्ला संखुवासभा वादी नेपाल सरकार प्रतिवादी पुजन बि.क समेत भएको डाका मुद्धाका फरार प्रतिवादी जिल्ला संखुवासभा वडा न. ७ बस्ने वर्ष २८ को पर्वत तामाङलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।
फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा इटहरी ६ को धरानलाइनमा सार्वजनिक बाटोमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको गस्ती प्रहरी टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय चैनपुर पठाईएको जनाएको छ ।












Discussion about this post