आगामी मङ्सिर १३ हुने उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा इटहरीका टङ्क दुलालले उम्मेद्धारी दिएका छन् ।
साना तथा मझौला उद्योगी तथा व्यवसायीको हितमा काम गर्ने भन्दै उनले उम्मेदवारी दिएका हुन् । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकालको टिमबाट उनले उम्मेदवारी पेस गरेका हुन् ।
इटहरी उद्योग वाणिज्य सङ्घ तथा पूर्वाञ्चल उद्योग बााणीज्य सङ्घका पूर्व अध्यक्ष समेत रहेका दुलाल यस पटक केन्द्रीय सदस्यको रूपमा उमेद्धारी दिएका छन् ।
सामुदायिक अस्पताल इटहरीका अध्यक्ष समेत रहेका उनी सफल नेतृत्वकर्ता मानिन्छन् ।














Discussion about this post