इटहरी : पश्चिम महाकालीदेखि पूर्वी ईलाम सम्मको यात्रामा आएका साइकल यात्रीले सडकको साइडमा साइकल रोकेर जब सहरको फोहर टिप्न सुरु गरे, तब एक–दुई गर्दै दर्जनौँ अन्य मानिसहरु चकित परे ।
यो दृश्य बुधबार विहान बिर्तामोडको चारआलीमा देखिन्थ्यो ।
विश्व साइकलयात्री पुष्कर शाह सहितको टोली ईलामको श्री अन्तुसम्म आएको अवसर पारेर साइकल यात्रीहरुले चारआली चौकमा बुधबार विहान फोहर टिपेर एकठाउँ जम्मा पारेका हुन् ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माका अनुसार चौक बजारमा भएका फोहरले गर्दा पर्यावरण दुषित हुने भएकाले सरसफाई गरिएको हो ।

‘साइकल यात्रीहरुसँग सल्लाह गरेर केही रचनात्मक काम गरौँ भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरेका हौँ,’ शर्माले भने, ‘हाईवेमा भएका फोहरले गर्दा वातावरण दुषित हुने भएकाले सिम्बोलिक रुपमा सफाई गरिएको हो ।’ करीब एक घण्टा फोहर जम्मा गरिएको शर्माले जानकारी दिए ।
झण्डै दुई दर्जन साइकल यात्रीहरुले सडक सफा राखौँ भन्ने सन्देशका साथ सडक, बजार सरसफाई गरेका थिए ।
सरसफाईको नाममा राज्यको ध्यान नगएको साइकल यात्रीले बताएका छन् ।
सडक, बजार सफा राख्नका लागि फोहर नगर्न अपिल गरिएको छ । सरसफाई गर्ने क्रममा स्थानीय ट्राफिक प्रहरीले समन्वय गरेको थियो । साथै यसअघि साइकल यात्रीले ट्राफिक सम्बन्धि जनचेतना समेत फैलाएका थिए ।

















Discussion about this post