झापाको भद्रपुर ४ नरसिंह बगान नजिकैबाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगरसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार गलगलिया ४ का १९ बर्षीय महमद जबर र सोही स्थानका ५९ बर्षीय ऐजुब महमद अली रहेका छन् । बिशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज नियन्त्रणमा लिएको थियो ।
नियन्त्रण लिएर चेकजाँच गर्ने क्रममा ५ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post