तरहरा : इटहरी-२० तरहरास्थित पानीपियामा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृतक व्यक्तिको र ठक्कर दिने सवारी साधनको पहिचान खुलेको छैन ।
मृतक पुरुषको शव धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
उपचारको क्रममा उनको मृत्यु भएपनि पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post