सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा मोटरसाइकलको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।
ठक्करबाट स्थानीय सुस्मिताकुमारी मेहताको मृत्यु भएको हो । को २३ प ५२१८ नम्बरको मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन्।
उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।














Discussion about this post