सुनसरीको रामधुनी ७ का एक कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा ६३ बर्षीय संक्रमितको मृत्यु भएको रामधुनीका मेयर जयप्रकाश चौधरीले जानकारी दिए ।
उनका अनुसार आज बिहान ५ बजे संक्रमितको मृत्यु भएको जानकारी आएको थियो । उनलाई उपचारको लागि मंसिर २३ गते अस्पतालमा भर्ना गरिएको थियो ।
त्यस्तै, मोरङको उर्लाबारी १ का ८४ वर्षीय व्यक्तिको पनि गएराती होम आइसोलेसनमा मृत्यु भएको छ । अस्पतालमा उपचारको क्रममा संक्रमण पुष्टि भएपछि उनलाई होम आइसोलेसनमा नै राख्ने भनेर परिवारले घर लगेका थिए । उनलाई मंसिर २२ गते संक्रमण पुष्टि भएको थियो ।
यसैगरि, झापाको दमक नगरपालिका १० का ६९ वर्षीय कोरोना संक्रमितको पनि कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा गएराती मृत्यु भएको छ । उनलाई अस्पताल भर्ना गरिएको करिब ५० मिनेटमै मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकलाई मधुमेह, उच्च रक्तपाच लगायत समस्या रहेको थियो ।














Discussion about this post