इटहरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले वर्तमान केपी ओली नेतृत्वको सरकारले जनतालाई झुक्याउँन सफल भएको बताएका छन् । नेपाल प्रेस युनियन सुनसरीले बिहीबार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गिरीले भने, ‘संघीयतामा गएपछि मुलुक विकास होला भनेको तर नेपाली जनतालाई झुक्याउँन सरकार सफल भयो ।’ समृद्धिको दृष्टिकोणमा सरकार असफल रहेको उनको ठम्याईँ रहेको थियो । अहिलेको सरकार अलमलमा रहेको बताउँदै गिरीले मुलुकमा भ्रष्टाचार दरिलो बन्दै गएकाले यसले भयावह लिने बताए ।
पूर्व सिचाईँमन्त्री समेत रहेका गिरीले अख्तियार सरकारको प्रभाबमा परेको आरोप लगाए । उनले भने, ‘जुनसुकै आस्था र विचारको भएपनि गलत गर्ने जो कोहीमाथि कारबाही हुनुपर्छ, तर, अख्तियार सरकारको प्रभावमा पर्यो ।’ अहिले देश काण्डै काण्डले भरिएको बताउँदै उनले देशमा महंगी, भ्रष्टाचार र बलात्कारका घटनामा बृद्धि भएको बताए । ‘नेपाली कांग्रेसले भ्रष्टाचार गरेको भए उहिल्यै कम्युनिष्टले आगो बालिसक्थे,’ उनले भने, ‘अहिले भर्खरैमात्र सञ्चारमन्त्रीको भ्रष्टाचार काण्ड बाहिरिएको छ, यसमा सरकार मौन छ ।’
एक फरक प्रसंगमा नेता गिरीले इटहरी पूर्वको चौरास्तमा रहेको र यसको दू्रत गतिमा विकास हुँदै गएको टिप्पणी गरे ।
खोटाङ : जलविद्युत् आयोजनाले पानी नछाड्दा किसानलाई समस्या
खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट ६ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । प्रवर्द्धक कम्पनी थ्री–स्टार...
Discussion about this post