Monday, October 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

होटल व्यवस्थापन शिक्षाको लागि आरटीआरके अब्बल

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर ३०, २०७७
in समाचार
0
होटल व्यवस्थापन शिक्षाको लागि आरटीआरके अब्बल
245
SHARES
Share on FacebookShare on Twitter

२०६८ सालमा इटहरीमा आरटी आरके होटल मेनेजमेन्ट स्कुल सुरु हुँदा होटल मेनेजमेन्टका विभिन्न विषयहरु पढाइ हुने खासै शैक्षिक संस्थाहरु थिएनन् । तर आवश्यकता भने निकै थियो ।

आरटीआरकेले छोटो अवधिका तालिमहरु सुरु गर्यो । जसले विदेश जान चाहने र स्वदेशमै पनि होटल व्यवशायको क्षेत्रमा काम गर्न चाहने जनशक्ति आपूर्ती गर्ने कामलाई व्यवस्थित बनायो ।

सुरुको समयमा गलत सोचाइले होटल म्यानेजमेन्ट विकास हुन सकेको थिएन । आरटीआरकेका संस्थापक प्रेम लिम्बू भन्छन्, ‘यो त तल्लो वर्गका मान्छेले गर्ने हो भन्ने जस्ता कुरा सुनिन्थे ।’ मानिसको भ्रम चिर्न केही समय लाग्यो, तर अहिले परिस्थिती पुरै परिवर्तन भइसकेको छ ।

‘अहिले यसमा काम गर्नेको होडबाजी छ,’ उनी भन्छन् ।

सिटिइभिटिका कक्षाहरुका साथै होटल म्याजमेन्टसँग सम्बन्धित सम्पुर्ण तालिमहरु सञ्चालन गरिरहेको स्कुलले आफूलाई पनि परिष्कृत गर्दै गएको छ । यसै वर्षदेखि डिप्लोमा तहका कक्षाहरु कक्षा सञ्चालनको तयारी गरेको छ ।

जसमा प्रोफेसनल डिप्लोमा इन होटल म्यानेजमेन्ट र प्रोफेसनल डिप्लोमा इन कलीनरी आर्टस् छन् । दुवै कोर्षहरुमा ६ महिनाको सैद्धान्तिक र १ वर्षको प्रयोगात्मक कक्षाहरु हुनेछन् । यस्तै यीनै दुई विषयहरुमा योभन्दा विशिष्ट एक्जुकेटिभ तहका तालिमहरुसमेत सञ्चालनको तयारी गरिएको छ ।

यसका साथै विवाहित महिलाहरुलाई तालिममा विशेष प्याकेज, विदेश जान चाहने युवायुवतीहरुलाई स्पेशल कोर्ष र छोटोअवधिका सबैखाले कोर्षहरु गराइरहेको छ ।

हालैमात्र नयाँ भवनमा सरेको आरटिआरके अझ व्यवस्थित बनेको उनी बताउँछन् । उनका अनुसार नयाँ भवनमा आफ्नै ‘चुलो’ नामक रेष्टुरेण्टसमेत सञ्चालनको तयारी गरिएको छ । विद्यार्थीलाई प्रयोगात्मक अभ्यासको समेत राम्रो मौका मिल्ने उनको दावी छ ।

चुलो रेष्टुरेन्टमा विशेष गरेर नेपालको रैथाने खानाहरुलाई प्रबद्र्धन गर्ने लक्ष्य लिइएको छ । नेपालका तीन तारे र पाँच तारे होटलमासमेत नेपाली खानाहरु मेनुमा नसमेटिएकोले त्यस्ता परम्परागत मौलिक खानाहरुलाई प्रबद्र्धन गर्ने उनको योजना छ । ‘नेपाली खाना राम्रो पकाउन जान्ने कुकहरुको माग बढ्दै गएकोले पनि यो तयारी गरिएको हो,’ उनले भने ।

लिम्बु आफ्नो स्कुलमा विद्यार्थीहरुलाई सीपसँगै संस्कार पनि सिकाउने बताउँछन् । ‘संस्कारसहितको सीपयुक्त मौलिक खाना सिकाउने हाम्रो योजना हो,’ उनी भन्छन्, ‘हामीले सीप जानेर मात्र पनि भएन, संस्कार र सम्मानका कुराहरु पनि जान्नुपर्यो ।’

अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट मान्यताप्राप्त स्कुलले अन्तर्राष्ट्रिय स्तरको ल्याब सुविधासमेत दिइरहेको छ । मैत्रीपूर्ण, प्राकृतिक वातावरण, मल्टिमिडिया कक्षाहरु, निःशुल्क आवास सुविधा, काम गर्दै सिक्ने अवसर, निःशुल्क पोशाक तथा शैक्षिक सामाग्री र अभ्यास सामाग्रीहरु जस्ता विशेषताहरु स्कुलका छन् ।

यस्तै स्कुलले विद्यार्थीहरुको सर्वाङ्गिण विकासको लागि व्यक्तित्व विकास र सञ्चार सीपजस्ता तालिमहरुसमेत दिने गरेको छ । जसका कारण अन्य ठाउँमा उभिएर बोल्न र निर्धक्क संवाद गर्न सीप प्रदान गर्दछ ।

स्कुलले सिकाउने मात्र नभइ सिकाइसकेपछि रोजगारमा समेत लगाइदिने लिम्बु बताउँछन् । यस्तै वैदेशिक रोजगारमा लगाउन सहजिकरण समेत गर्ने उनको भनाई छ ।

Tags: #इटहरीशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
विविध

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

by रासस
कार्तिक १, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ...

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद
FEATURE BREAKING

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाएर राखिएको कटुवा पेस्तोल र एक राउन्ड गोली प्रहरीले बरामद गरेको...

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३
गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

अशोज ३१, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

अशोज ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

अशोज ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

    196 shares
    Share 78 Tweet 49

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.