खोटाङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । उदयपुर लिम्चुङबुङ–४ बल्मता बस्ने १८ वर्षीय किरण राईको ट्याक्टर दुर्घटनामा परेर मृत्यु भएको हो।
बिहान खोटेहाङ–६ इन्द्रेणीपोखरी रोक्सिङ सहायक सडकखण्डमा ०१–००२ त ४२९८ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टीदा सोही ट्याक्टरका सहचालक राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
ट्याक्टर चालक १९ बर्षीय टुजन राई घाइते भएकोमा उनको गाईघाट अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरी कार्यालयले खोटाङले जनाएको छ।














Discussion about this post