तेह्रथुमको म्याङलुङ नगरपालिका ८ कोबेकमा अंशबण्डाको विषयमा विवाद हुँदा एकजनाको कुटपिटबाट मृत्यु भएको छ ।
साथै कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय ३५ बर्षीय कुमार लिम्बू रहेका छन् ।
प्रहरीका अनुसार शुक्रवार रातको समयमा कुमारको बुबा ५५ बर्षीय गणेश लिम्बू र काका कीर्तिमान लिम्बूबीच अंशबण्डाको विषयमा झगडा भईरहेको अवस्थामा कुमार लिम्बूले छुट्याउने क्रममा दुवै जनालाई बाँसको भाटाले हिर्काएका थिए ।
भाटाले लागेपछि निजको बुवा गणेश लिम्बूको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटि घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम पठाएको तथा कुमार लिम्बूलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post