सोमबार बेलबारी नगरपालिका ४ हल्लुडेमा दुर्घटना भयो ।
पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च. २२४२ न. को पिकअप भेनले दक्षिणतर्फ बाटो काट्दै गरेको को ३५ प ५९७५ न. को स्कुटिलाई ठक्कर दिदाँ एकजनाको मृत्यु भएको छ ।
स्कुटर चालक भोजपुर दोभाने गाउँपालिका १ घर भई हाल दोभाने ११ बस्ने बर्ष ४३ को अर्जुन खत्रीको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै, दुर्घटनामा स्कुटरमा सवार बर्ष ६५ को दुर्गा प्रसाद भण्डारी गम्भीर घाईते भएका छन् ।
पिकअप चालक सुनसरीको धरान १३ बस्ने बर्ष ३० को दिलसिंह राईलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।
साथै, दुर्घटना भएको स्थानमा घाईतेहरु सडकमा छटपटाईरहेका बेला प्रदेश १ का मुख्यमन्त्री शेरधन राइ स्कटिङमा तीब्र गतिमा दगुरेका छन् ।
अगाडि र पछाडि प्रहरीको गाडी सहित मुख्यमन्त्री राई तीब्र गतिमा कुदेपछि स्थानीयबासी आक्रोशित भएका छन् । दुर्घटनामा परी मृत्युको मुखमा छटपटाइरहेका बेला भिआईपी स्कटिङमा दौडिनु अशोभनीय रहेको भन्दै अहिले सामाजिक सञ्जालमा राईको आलोचना गर्न सुरु भएको छ ।
दुर्घटनामा घाईतेको उद्धारमा समस्या भईरहेको बेला भिआईपीको सवारीले समेत वेवस्ता गरेको भन्दै स्थानीयबासीहरुले गुनासो गरेका छन् । सडकमा छटपटाईरहेको तस्विर सँगै भिआईपी स्कटिङको गाडी हिडेको तस्विर अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ ।














Discussion about this post