आफ्नै घर अगाडि मृत फेला परेका मेचिनगर ९ का ४२ बर्षीय पर्शुराम गौतमको हत्याको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा स्थनिय ४७ बर्षीय बुधलाल किसान र २८ बर्षीय भयङकर भनिने भुखन किसान रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
गौतमको शरीरमा बिभिन्न निल डाम तथा चोटपटक रहेको देखेपछि गम्भीर रुपमा अनुसन्धान थालेको प्रहरी टोलीले घटनामा संलग्न रहेका उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post