Friday, June 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

विद्युत् प्राधिकरणको चरम लापरबाहीका कारण सर्वसाधारण सास्ती खेप्दै, दैनिक लोडसेडिङ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १०, २०७७
in समाचार
0
इटहरीमा १८ घण्टा लोडसेडिङ : आक्रोशित सर्वसाधारण भन्छन्, सडकमा आगो बाल्न नपरोस्
238
SHARES
Share on FacebookShare on Twitter

नेपाल विद्युत् प्राधिकरणको चरम लापर्बाहीका कारण सर्वसाधारणले ठूलो सास्ती र पीडा खेप्नुपरेको छ ।

पछिल्लो समय काठमाडौंलगायत देशभरका सानाठूला सहरमा दैनिकजसो विद्युत् लाइन अवरुद्ध हुन थालेको छ । अघोषित लोडसेडिङका कारण प्राधिकरणको वर्तमान नेतृत्वमाथि नै गम्भीर प्रश्न खडा हुन थालेको छ ।

प्राधिकरणको फितलो व्यवस्थापनका कारण पछिल्लो समय बत्ती आउने–जाने क्रम बढ्न थालेको गुनासो गरिएको छ ।

काठमाडौं लगायत देशका विभिन्न सहरमा बिहानदेखि रातिसम्म दर्जनौँ पटक लाइन आउन–जाने क्रम जारी रहेको सर्वसाधारणको गुनासो छ । यतिबेला सर्वसाधारणले सामाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट प्राधिकरणको व्यवस्थापनप्रति औंला उठाइरहेको पाइन्छ ।

प्राधिकरणका अनुसार मंगलबारको ग्राफ हेर्दा ‘पिक हावर’मा अहिलेसम्मको सबैभन्दा बढी १४ सय ४३ मेगावाट पुगेको थियो । जब कि त्यसै दिन राति ७१५ मेगावाटसम्म विद्युत् खपत भएको थियो । गत वर्षको सोही दिन १२ सय ६५ मेगावाट विद्युत् मात्रै माग भएको थियो । यसरी हेर्दा झन्डै दुई सय मेगावाट विद्युत् माग बढेको छ ।

विद्युत् माग बढ्दा सिस्टममा ओभर लोड भएर केही प्राविधिक समस्या देखिएकाले यसलाई लोडसेडिङ भएको भन्न नमिल्ने प्राधिकरणको दाबी छ ।

१४ सय ४३ मेगावाटका लागि प्राधिकरणबाट ५ सय मेगावाट उत्पादन भएको छ भने प्राइभेट सेक्टरबाट ३२५ मेगावाट र भारतबाट ६ सय १८ मेगावाट विद्युत् आयात गरेर माग व्यवस्थापन गरिएको थियो । प्राधिकरणबाट ७३ लाख युनिट, प्राइभेट सेक्टरबाट ७४ लाख युनिट र भारतबाट एक करोड युनिट विद्युत् खपत हुँदै आएको छ ।

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले लोडसेडिङ नभएको दाबी गरेका छन् । प्रवक्ता तिम्सिनाले भने, ‘प्रविधि विस्तारका साथै अहिले विद्युत् माग बढी भएका कारण पनि सिस्टममा केही समस्या आउँदा बत्ती गएको हो तर लोडसेडिङ भएको होइन ।’

प्रवक्ता तिम्सिनाका अनुसार अहिले प्राधिकरणका धेरै ठाउँमा सिस्टममा अपगे्रड भइरहेको छ । ट्रान्समिसन फेर्ने, पुरानो लाइन फेर्ने र नयाँ लाइन राख्ने काम भइरहेका कारण पनि बत्ती गएको र यसको छिटै व्यवस्थापन हुने बताइएको छ ।

बुधबार १३२ केभी ट्रान्समिसन लाइनमा समस्या आउँदा आधा घण्टा जति विद्युत् सप्लाइमा समस्या आएको थियो । त्यो समस्या अब समाधान भइसकेको प्राधिकरणको दाबी छ ।

राजधानी दैनिकबाट

Tags: #लोडसेडिङ#विद्युत् प्राधिकरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग
FEATURE BREAKING

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

by रासस
जेष्ठ २१, २०८३
0

झापा : प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनःसङ्कटमा परेको...

विविध

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

by रासस
जेष्ठ २१, २०८३
0

झापा : विश्व बैंकको अनुदानमा मेचीनगर नगरपालिकाले लैङ्गिक हिंसाबाट प्रभावित हुनेलाई सेवा प्रदान गर्नका लागि दुई वटा वडामा ‘सुरक्षित कक्ष...

कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३
एउटै फार्मबाट तीन करोडको केरा बिक्री

झापामा हावाहुरीले केराखेतीमा क्षति

जेष्ठ २१, २०८३
मोरङको बेतना सिमसारमा अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा फेला

प्लास्टिक फोहर र मानवीय गतिविधिले संकटमा ‘ब्लाक सफ्टसेल’ कछुवा

जेष्ठ २१, २०८३
जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जनता स्कुलमा गञ्जागोल : प्रअ र लेखा प्रमुखको राजीनामा, इटहरी उपमहानगरको शैक्षिक नेतृत्वमाथि प्रश्न

जेष्ठ २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

जेष्ठ २१, २०८३

हिंसामा परेकालाई आश्रय र मनोपरामर्श दिन मेचीनगरमा ‘सेफ स्पेस’ स्थापना

जेष्ठ २१, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

गाईपालनले फेरियो गाउँको जीवन, दूध, घिउ र छुर्पीसम्म उत्पादन

जेष्ठ २१, २०८३
एउटै फार्मबाट तीन करोडको केरा बिक्री

झापामा हावाहुरीले केराखेतीमा क्षति

जेष्ठ २१, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1501 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    611 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.