नेपाली कांग्रेस क्षेत्र नं. २ (क) ले ४५ औं मेलमिलाप दिवसको अवसर पारेर इटहरीमा रहेका ८ वटा सामुदायिक विद्यालयलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।
इटहरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर यहाँका ८ वटा विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
कांग्रेस क्षेत्र नं. २ (क) का सभापति रमेशकुमार पोखरेलका अनुसार सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुलाई मास्क, स्यानिटाईजर, साबुन, सेनेटरी प्याड लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका मानिसहरु सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेको उदृत गर्दै उनले आगामी दिनमा उक्त कार्यक्रमलाई निरन्तरता दिईने बताए ।
पोखरेलले सामुदायिक विद्यालयहरुको सरसफाई कायम गर्न सांकेतिक रूपमा आँफूहरुले स्वास्थ्य सामाग्री वितरण गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले वीपीले प्रतिपादन गरेको मेलमिलाप नीतिको चर्चा गर्दै मुलुकलाई निकाश दिन वीपीको मेलमिलापको नीति अबलम्बन गर्नुको विकल्प नरहेको बताए ।













Discussion about this post