झापा गाँउपालिका ६ शर्णामती बस्ने ४० बर्षीया कुमारी बराईलीको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।
भित्री सडकखण्डमा मे १ त ५९८९ नम्बरको ट्याक्टरले पैदली हिडिरहेकी उनलाई ठक्कर दिदाँ गम्भीर घाईते भएकी थिईन् ।
गम्भीर घाईते भएकी कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र चालक सोही स्थानका ४३ बर्षीय दीपक खतिवडा नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post