झापाको कन्काई नगरपालिका ५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ ।
बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक झापा गाउँपालिका ३ का १९ बर्षीय सागर लिम्बुको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।
मोटरसाईकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई यस विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।














Discussion about this post