बिधुत खपत गरेबापत सेवाग्राहीको घरमा रिडर गर्न गएको बेला १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई प्रहरीले प्रकाउ गरेको छ । cपर्ने व्यक्ति मोरङको बेलबारीस्थित विद्युत प्राधिकरण शाखा कार्यालयका मिटर रिडरको पदमा कार्यरत रहेका हुन् ।
इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सुन्दरहरैँचा नगरपालिका–२ स्थायी घर भएका प्राधिकरणका कर्मचारी ४० वर्षीय लेखनाथ रिजाललाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार मिटर रिडिङ गर्न जाने क्रममा बेलबारी घर भएकी एक बालिकालाई जबरजस्ती तानेर बलात्कारको प्रयास गरेको पाइएपछि रिजाललाई पक्राउ गरिएको हो ।
प्राधिकरणले खटाए अनुसार रिजाल सेवाग्राहीको घर–घरमा मिटर रिडिङ गर्न जान्थे । त्यस क्रममा मिटर रिडिङ गर्न पुगेका उनले घरमा अन्य सदस्य नभएको मौका छोपेर एक्लै भएको अवस्थामा बालिकालाई गत आइतबार बलात्कार गर्न खोजेको भन्दै किटानी जाहेरी प्रहरीमा परेको थियो ।
पक्राउ परेका रिजालविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउन मंगलबार म्याद थप गरेर अनुसन्धान कार्य थालिएको ढकालले बताएका छन् ।














Discussion about this post