धरानको छुट्टा छुट्टै स्थानबाट खैरो हिरोइन सहित ४ जना युवाहरु पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई हिजो मंगलबार अलग अलग समय र स्थानमा खैरो हिरोइन सहित पक्राउ गरेको हो । प्रकाउ पर्ने युवामा धरान ८ अरुण टोलका ३७ बर्षीय शुक्रराज मोक्रान र धरान १८ का ३० बर्षीय दिपेश श्रेष्ठको साथबाट खैरो हेरोइन ९ ग्राम फेला परेर प्रकाउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई धरान ८ स्थित हरियालीमा को २० प ६४११ नम्बरको स्कुटरमा सवार गरिरहेको बेला शंका लागि चेकजाँच गर्दा खैरो हेरोइन फेला परेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार स्कुटर चालक शुक्रराजले लगाएको ज्याकेटको बाँयातर्फको गोजीमा लुकाएको अवस्थामा हिरोइन फेला परेको थियो । दुवैलाई सोधपुछ गर्दा मिलेमतोमा खैरो हेरोइन ओसारपसार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरेर लागुऔषध मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरि, हिजो नै धरान ६ पानवारीस्थित धरान केराबारी सडकखण्डमा धरानतर्फ आउदै गरेको को १६ प ९७९२ नम्बरको पल्सर मोटरसाइकलमा सवार २ जना युवा पनि खैरो हिरोइनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १५ का ३० बर्षीय प्रेम तामांग र धरान ८ का २४ बर्षीय जोन तामांग रहेको प्रहरीले जनाएको छ ।
उनीहरु माथि शंका लागेर चेकजाँच गर्दा मोटरसाइकल चालक प्रेमले हेल्मेटभित्र लुकाएर बोकेको खैरो हेरोइन १ ग्राम फेला परेको थियो । उनीहरुले पनि दुवैले मिलेमतोमा ओसारपसार गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुलाई पनि अदालतबाट म्याद थप गरि अनुसन्धान कार्य शुरु गरिएको प्रहरीले जनाएको छ ।
।














Discussion about this post