Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कामधेनुलाई तीन पेजको पत्र : संस्थामा व्यक्तिवाद हावीले नोक्सानी भयो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २४, २०७७
in टाकुरा विशेष, समाचार
0
समाचार प्रभाव : कामधेनुले निकाल्यो यस्तो विज्ञप्ती
394
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहरामा रहेको कामधेनु दूग्ध विकास सहकारी संस्थालाई पूर्व अध्यक्ष कृष्ण अधिकारीले तीन पेज लामो सुझाव दिएका छन् ।

केही महिना अगाडि अनियमितता भएको समाचार बाहिरिएसँगै अधिकारीले संस्थाका केही कर्मचारीको व्यक्तिवाद हावी भएको भन्दै तीन पेज लामो सुझाव दिएका हुन् ।

‘२०५७ सालमा स्थापित कामधेनु दूग्ध विकास सहकारी संस्था, यस संस्थामा आवद्ध सम्पूर्ण शेयर सदस्यहरुको साझा सम्पत्ती हो । साझा सम्पत्ती भएपछि दायित्व, सरोकार र चासो पनि साझा हुनु पर्दछ । अत्यन्तै कष्टसाथ उठेको यो संस्था देश कै पहिलो दुग्ध सहकारी संस्था पनि हो । संस्थापक सदस्य र तीन कार्यकाल सम्म संस्थाको अध्यक्ष भएको नाताले संस्थाको बारेमा शेयर सदस्यहरुलाई जानकारी गराउनु मेरो कर्तव्य हो भन्ने ठानेर यो सुझाव तयार गरेको हुँ,’ सुझाव पत्रमा भनिएको छ, ‘संस्थाले दिन प्रतिदिन प्रगति गर्दै जानुपर्छ । त्यसका लागि दूग्ध पदार्थको गुणस्तरीय उत्पादन, स्रोतको वृद्धि तथा बजारको विस्तार, उन्नत पशुपालनलाई प्रोत्साहन र किसानको हितका कार्यक्रम ल्याउनु पर्ने थियो । कारोबारमा वृद्धि हुँदै जानुपर्ने थियो, तर केही वर्ष देखि संस्थाले अपेक्षा गरे अनुसार कारोबार अगाडि बढाउन सकेको छैन । कारोबार बढ्नुको सट्टा घटिरहेको छ । दैनिक १२ हजार लिटर सम्म संस्था आफैँले कारोबार गरेकोमा आज आएर ५÷६ हजार लिटरमा सीमित भएको छ ।’

यसअघि इटहरी १ आँपगाछीमा निर्माणाधिन रहेको कामधेनुको भवनका लागि आवश्यक मेसिन खरिद प्रकरणमा भवन निर्माण उपसमितिका सदस्य टीकादत्त बन र प्रोजेक्ट इन्जिनियरिङ सर्भिसेस कम्पनीका इन्जिनियर जेम्स कुत्ती बीचको टेलिफोन संवादमा बनले अनियमितता गर्न खोजेको अडियो सार्वजनिक भएको थियो ।

करीब २ करोड रुपैँयाको मेसिन खरिद गर्ने भनिएपनि उक्त टेण्डरमा बिलो रकम बढी देखाएर कमिसन रकम माग गरिएको अडियो टेप सार्वजनिक भएको थियो ।

सो टेण्डरमा बिलो रकम बढाएर बनले ४० लाख रुपैँया बराबरको अनियमितता गर्न खोजेको अडियो टेप सार्वजनिक भएपछि संस्थाका पूर्व अध्यक्ष समेत रहेका अधिकारीले यसअघि पनि पटक–पटक मौखिक रुपमा सचेत गराउँदै आएका थिए । तर, पछिल्ला केही गतिविधि पनि नसुध्रिएको भन्दै आँफूले लिखित सुझाव नै दिएको अधिकारीले बताए ।

‘संस्थामा व्यक्तिवाद हावी भयो राम्रो प्राविधिक राखिएन, कामधेनुको उत्पादन किन्न र खान छोडे अनि कामधेनुको कारोबार घट्यो,’ अधिकारीले टाकुरासँग भने, ‘कमिसन दिएर अनुदान लिने जस्ता आकाशे खेतीमा ध्यान दियो संस्थाको नेतृत्वले । जसले गर्दा संस्थाको मूल कारोबार ओझेलमा पर्न गयो ।’

संचालक र कर्मचारीमा आर्थिक अनुशासन कमजोर हुँदै गएकाले आँफूहरु चिन्तित भएको उनले सुनाए ।

मिल्क होलिडेका कारण सधैं भरी मारमा परेका किसानको हितका लागि प्रदेश नं. १ सरकारले पाउडर प्लान्टका लागि लगानी गर्ने निर्णय गरेको भएपनि घोषणा गरेको २ वर्षसम्म कामधेनुसम्म आइनपुगेको उनले बताए ।

यो पनि – exclusive : तरहराको कामधेनु डेरीमा अनियमितता

फलोअप स् अनियमितताको समाचार प्रकाशित पछि कामधेनुमा तरङ्ग

Tags: #तरहरा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
समाचार

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालित औषधि पसलमाथि प्रशासनले कारबाही थालेको छ। संयुक्त अनुगमन टोलीले कानुनी...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन
FEATURE BREAKING

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : लोपोन्मुख नभए पनि नेपालका सिमसार क्षेत्रमा पाइने आकर्षक जलचर चरा जल अप्सरा लामो समयपछि सुनसरीको तरहरामा पुनः देखिएको...

पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

साउन ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    438 shares
    Share 175 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.