Wednesday, July 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

फलोअप : अनियमितताको समाचार प्रकाशित पछि कामधेनुमा तरङ्ग

विवेक विवश रेग्मी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २५, २०७६
in टाकुरा विशेष, विविध, समाचार
0
फलोअप : अनियमितताको समाचार प्रकाशित पछि कामधेनुमा तरङ्ग

इटहरी १ आँपगाछीमा निर्माणाधिन अवस्थामा रहेको कामधेनु डेरीको भवन । तस्विर : टाकुरा ।

397
SHARES
Share on FacebookShare on Twitter

तरहरा : कामधेनु दुग्ध डेरीको समाचार टाकुरान्यूजमा प्रकाशित भएपछि संस्था बृत्तमा हलचल मच्चिएको छ । कामधेनुको निर्माणाधिन भवनका लागि आवश्यक मेसिन खरिद प्रकरणमा पर्ने मूल्य भन्दा २० प्रतिसत थप गरी दिल्लीको प्रोजेक्ट इञ्जिनियरिङ्लाई टेण्डर हाल्न लगाई संस्थाको रकम अनियमितताा गर्न खोजेको अडियो रेकर्ड बाहिर आएको थियो । गत शुक्रबार समाचार बाहिरिएपछि सञ्चालक समितिमा खैलाबैला भएको हो ।
संस्थाका अध्यक्ष बाबुराम खत्रीले समाचारमाथि टिप्पणी गर्दै आफूहरुले अनियमितता गर्नेहरूमाथि संंस्थाभित्रै कारबाही गरेको र यसलाई बाहिर लैजान आवश्यक नरहेको बताए । उनले भने, ‘अहिलेसम्म तलमाथि केहीपनि भएको छैन, हाम्रो साथीहरुले केही कमी कमजोरी त्रुटि गरेछन्, हामीले कारबाही पनि गरेका छौँ ।’ उनले संस्थाका व्यवस्थापक कृष्णप्रसाद घिमिरे र निर्माण उपसमितिका सदस्य टीकादत्त बनको मिलेमतोमा गलत नियत हुन खोजिएको भएपनि आँफूहरुले त्यसलाई संस्थागत कारबाही गरेको प्रतिक्रिया दिए । उनले भने, ‘सहकारी अलिक छुट्टै पाटो हो, यो राजनीति जस्तो हैन केही कुरा बाहिर नलैजान नै राम्रो हुन्छ ।’ संस्थामा गलत कारबाही भएको भए आँफूले जहाँ पनि बोल्न सक्ने र बाहिर ल्याउँन तयार रहेको उनको भनाई रहेको थियो ।
‘गलत आशय भने भएकै हो, तर एक रुपैँया पनि तलमाथि भएको भने छैन,’ खत्रीले भने, ‘यो घटनापछि सबैकुरा उहाँहरुको बुझियो, इण्डियाको पार्टीसँग पनि बुझेका हौँ, र भित्रै सेटल गरिसकेका छौँ ।’ उनले संस्थागत अहितका लागि कुनै काम भएमा आँफूहरुले कारबाही गर्ने र असुल उपर गर्ने दाबी गरे । नेपाल सरकारसँग चार करोड रुपैँया सम्झौता भएको र अहिलेसम्म पैसा नआएको बताउँदै उनले पैसा आउँने क्रममा रहेको बताए । ‘त्यो पैसा रोकियो भने किसानको पैसा रोकिन्छ,’ उनले भने, ‘किसान लाठोमुङ्रो लिएर उत्रिन्छन्, ६ वटा जिल्लाका किसानका संस्था हो यो ।’
संस्थाका तत्कालिन व्यवस्थापक कृष्णप्रसाद घिमिरेले आफ्नो कुनै गलत नियत नरहेको दाबी गरे । उनले भने, ‘यो संस्थामा २० औँ बर्ष भयो काम गरेको, अहिलेसम्म मेरो अलिकति पनि दाग छैन ।’ उनले आँफूले गलत काम नगरेको औल्याउँदै संस्थाको हितका लागि मेसिन खरिदमा मूल्य बढाउँने सल्लाह भएको बताए । भारतीय एजेन्ट जेम्स कुत्तीले गरेको काम क्रियाकलाप कुनै पनि चित्त नबुझेका कारणले गर्दा मूल्य बढाउँदा मेसिन खरिद नहुँने बताउँदै उनले संस्थाका हितका निम्ति टीकादत्त बनसँगको सल्लाहमा उक्त निर्णय गरेको बताए ।
उता, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक कृष्ण अधिकारीले संस्थामा अनियमितता हुन खोजेको बताए । उनले सहकारी कसैको व्यक्तिगत नभई सेयर सदस्य र कृषकबाट चलेको बताउँदै यहाँ भने व्यक्तिगत जस्तो गर्न खोजेको आरोप लगाए । उनले भने, ‘सहकारी भनेको कुनै कम्पनी जस्तो हैन, सहकारीमा सबैको सल्लाह हुुनुपर्ने हो, तर ब्यक्तिगत ब्यबसाय चलाए जस्तो गरिनाले समस्या खडा हुने गरेको छ ।’
यसअघि कामधेनु डेरीले इटहरी १ आँपगाछीमा निर्माण गर्दै गरेको भवनका लागि आवश्यक मेसिन खरिद प्रकरणमा भवन निर्माण उपसमितिका सदस्य टीकादत्त बन र प्रोजेक्ट इन्जिनियरिङ सर्भिसेस कम्पनीका इन्जिनियर जेम्स कुत्ती बीचको टेलिफोन संवादमा बनले अनियमितता गर्न खोजेको भन्दै भवन निर्माण समिति भंग गरिसकेको जनाएको छ । संस्थाले सुनसरी, मोरङ, झापा, ईलाम, धनकुटा र तेह्रथुमलाई कार्यक्षेत्र बनाई काम गर्दै आएको छ । संस्थामा गत आषाढ मसान्तसम्म ७१ जना कर्मचारी रहेका छन् भने ५७ वटा साझेदारी संस्था तथा ३६१ जना सेयर सदस्य रहेका छन् । यति ठूलो क्षेत्र र यति धेरैै किसान आबद्ध यो संस्थामा सयौं स्थानीयले प्रत्यक्ष, अप्रत्यक्ष रोजगारी पाएका छन् । यस्तो संस्थाले ग्लोबल टेण्डर गरेको अबस्थामा बीस प्रतिशत मूल्य बढाउन लगाउने काम कुनैपनि दृष्टिकोणबाट सही देििखँदन र कसैले मूल्य बढाएर हाल भन्ने बित्तिकै मूल्य बढाएर टेण्डर हाल्ने प्रोजेक्ट इञ्जिनियरिङ् ग्लोबल टेण्डरमा भाग लिने हैसियतको कम्पनी हैन भन्ने देखिन्छ ।
किसानको बृहत्तर हीतमा काम गर्ने कामधेनु नेपालकै अग्रणि संस्था हो । तसर्थ, यो संस्था निर्मल र स्वच्छ भएर अगाडि बढोस् भन्नाका खातिर संस्थाका राम्रा काम र कमजोरीहरू पाठक समक्ष प्रस्तुत हुँदै जानेछन् ।

यो पनि

https://takuranews.com/2020/04/03/%e0%a4%a4%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%a8%e0%a5%81-%e0%a4%a1%e0%a5%87%e0%a4%b0%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%85/

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित
समाचार

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चालित औषधि पसलमाथि प्रशासनले कारबाही थालेको छ। संयुक्त अनुगमन टोलीले कानुनी...

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन
FEATURE BREAKING

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

by टाकुरा न्यूज । इटहरी
साउन ५, २०८३
0

इटहरी : लोपोन्मुख नभए पनि नेपालका सिमसार क्षेत्रमा पाइने आकर्षक जलचर चरा जल अप्सरा लामो समयपछि सुनसरीको तरहरामा पुनः देखिएको...

पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३

झापा : एक वर्षमा ६५३ हराएका व्यक्ति भेटिए, १२३ घरेलु हिंसाका उजुरी फर्छ्योट

साउन ५, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

साउन ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सर्भर अपग्रेड गर्दा बीपी प्रतिष्ठानमा सेवाप्रवाह अवरुद्ध, हजारौँ बिरामी प्रभावित

बीपी प्रतिष्ठान परिसरका औषधि पसलमाथि एक्सन, ३५ पसल सिलबन्दी

साउन ५, २०८३
तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

साउन ५, २०८३
पौडी खेल्ने क्रममा डुबेर युवराजको मृत्यु

खोलामा नुहाउने रहर बन्यो दुःखान्त, १२ वर्षीया बालिकाको ज्यान गयो

साउन ५, २०८३
सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

सुकुना प्रकरण : चार जना आरोपितमाथि पाँच दिन म्याद थप, अनुसन्धान तीव्र

साउन ५, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1106 shares
    Share 442 Tweet 277
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    770 shares
    Share 308 Tweet 193
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    464 shares
    Share 186 Tweet 116
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    438 shares
    Share 175 Tweet 110

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.