तरहरा : तरहरा जेसीज वर्ष २०२१ को अध्यक्षमा सन्तोष रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार तरहरामा भएको २३ औँ शाखा अधिवेशनले रेग्मीलाई निर्विरोध निर्वाचित गरेको हो ।
निर्वाचन आयुक्त निरकाजी गिरीका अनुसार सबै पदमा निर्विरोध भएको छ । उनका अनुसार कार्यकारीणी उपाध्यक्षमा ओम खड्का र चेवन खतिवडा भएका छन् ।
त्यस्तै, उपाध्यक्षमा आर्यन सुवेदी, राजन कोइराला, हिमांशु विश्वकर्मा र मानबहादुर बस्नेत (मनिष) निर्वाचित भएका छन् ।
त्यस्तै, सचिवमा सचिन कार्की र जनसम्पर्क अधिकारीमा शंकर कुँवर निर्वाचित भएका छन् ।
तरहरा जेसीज वर्ष २०२० का अध्यक्ष सुनिल तिम्सिनाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
















Discussion about this post