इटहरी : केही दिनयता बढेको अत्यधिक चिसोका कारण इटहरीमा जनजीवन प्रभावित भएको छ ।
बाक्लो हुस्सु लागेर चिसो बढेसँगै इटहरी उपमहानगरले आगो बालेर ताप्नका लागि दाउरा वितरण सुरु गरेको छ ।
आज इटहरीका विपन्न बस्तीहरुमा दाउरा वितरण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिईन् ।
उनका अनुसार विपन्न परिवार तथा इटहरी चौक आसपास मान्छेहरु धेरै भेला हुने ठाँउमा दाउरा वितरण गरिएको हो । विपन्न मुसहर बस्तीमा भोलीदेखि कम्बल वितरण गरिने समेत उनले बताईन् ।
बाक्लो हुस्सु लागेपछि चिसोले जनजीवन प्रभावित भएको र बजारमा चहल पहल कम देखिदैँ गएको छ ।
पछिल्लो समय जेष्ठ नागरिक बालवालिका र श्रमिक वर्ग धेरै प्रभावित भएका छन् । इटहरीमा हालको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको छ ।














Discussion about this post