झापाको बुद्धशान्ति गाउँपालिका ३ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानीय ४१ बर्षीय दिनेश कुमालाई ४ ग्राम लागूऔषध ब्राउनसुगर र नगद ४ हजार सहित तथा ४३ बर्षीय शेषराज सापकोटालाई १० ग्राम ब्राउनसुगर, कोडिन ३ बोतल, नाईट्रोजन २० चक्की, डिजिटल तराजु १ थान र मोबाइल २ थान सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post