सुन्दरहरैँचामा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएको छन् ।
सुन्दरहरैँचा नगरपालिकाको खोर्साने स्थित सुकुना पुल नजिकै ट्रकले बा ८८ प ४६९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमै सवार अन्य २ जना अन्दाजी १० वर्षीय बालक र २८ वर्षीय महिला भने गम्भिर घाइते भएका छन् ।
घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post