Sunday, June 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ३, २०७७
in समाचार
0
६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

सांकेतिक तस्वीर ।

794
SHARES
Share on FacebookShare on Twitter

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ परेकी छिन ।

२८ पुसमा ओखलढुंगा घर बताउने अन्दाजी १७ वर्षीया युवतीले आफूलाई २५ पुसमा ५ जनाले चन्द्रनिगाहपुरको २ तल्ले पक्की घरमा बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोप लगाउँदै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जाहेरी दिएकी थिइन् ।

युवतीले ओखलढुंगाबाट काठमाडौं जाने क्रममा खुर्कोटमा गाडी बिग्रिएपछि बाटोमा बसिरहेको अवस्थामा सिन्धुली खुर्कोटबाट अपहरण गरी ल्याएर आफूलाई सामूहिक बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

युवती प्रहरीको सम्पर्कमा आएपछि प्रहरीले भाउजु नाता पर्ने मेनुका परियार र साथी कल्पना भुजुलाई सम्पर्क गरेर जाहेरी लिई पीडितको तर्फबाट कागजसमेत गराई प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनास्थलमा अध्ययन गर्दा पनि घटनाको वास्तविकता पत्ता लगाउन सकेन । त्यसपछि प्रहरीले पीडित भनिएकी युवतीले भनेको नाम भएका व्यक्तिहरुको फोटो फेसबुकबाट खोजी गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ती युवतीले सनाखत गरेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी उनीहरुको मोवाइल फोनको लोकेसन हेर्दा घटना भएको दिन उनीहरु सिन्धुली–खुर्कोट, चन्द्रनिगाहपुर नगएको देखिएपछि प्रहरीलाई युवती माथीनै शंका लाग्यो र अर्को पाटोबाट पनि अनुसन्धान अगाडि बढायो ।

अनुसन्धानको क्रममा प्रहरीले पीडित भनिएकी युवतीको बुवा जिवितै रहेको र एक बर्षदेखि काठमाडौं सुन्दरीजलमा दिदीसँग बस्दै आएको पत्ता लगायो । ती युवती काठमाडौंबाट भाउजुसंग घुम्न ईलाम जान्छु भनि हिडेकी खुल्न आएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रहरीले शंकाको आधारमा पीडित भनिएका महिलाहरुलाई अनुसन्धानात्मक सोधपुछ गर्दा जिल्लाको गरुडा नगरपालिका वडा नम्बर २ स्थायी घर भई काठमाडौँ बानेश्वरमा मेनपावर कम्पनी सञ्चालन गरेर बस्ने उनीहरुकै चिनजानका गजेन्द्र भन्ने राम विश्वास साह कानुको योजनामा गरुडा निवासी राम निवास साह कानुलाई फसाउन सोे नाटक गरिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आयो ।

घटनाका मुख्य योजनाकार गजेन्द्र साह हाल फरार रहेको र उनको पनि खोजी कार्य प्रहरीले तीब्र पारेको शाहले जानकारी दिए । गजेन्द्र साहले राम निवाससँगको लेनदेन मुद्दाको रिसिवी साँध्न परियारलाई ६ लाख नगद र जागिर समेत दिने प्रलोभन देखाइ साह कानुसहित ५ जना व्यक्तिहरुलाई फसाउन सो योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उनीहरु पुष २७ गते काठमाडौंबाट बाराको सिमरा आई सिमराबाट मेनुका र कल्पना बिरगञ्ज तर्फ गएका थिए, भने गजेन्द्र साहले पीडित भनिएकी युवतीलाई साथमा लिई पुष २८ गते बिहान चन्द्रनिगाहपुरमा ल्याई छाडेर आफूलाई बलात्कार गरेको भनेर उजुरी दिन इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाएको अनुसन्धानबाट देखिएको छ ।

प्रहरीले झुटो व्यहोरा उल्लेख गरी जाहेरी दिने, कागज र सनाखत गर्ने मेनुका परियार भन्ने चिनिमाया नेपाली, कल्पना भुजु र पीडित भनिएकी युवतीलाई पुष २९ गते पक्राउ गरेर आज जबरजस्ती करणी सम्बन्धी कसूरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहले बताए ।

उनीहरुलाई जबरजस्ती करणी सम्बन्धी कसूरको षड्यन्त्र र आपराधिक लाभ शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रमुख शाहले जानकारी दिएका छन ।

राजधानी दैनिकबाट ।

Tags: #पक्राउ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा
समाचार

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३
अभिषेक गिरी कैदमुक्त

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा, कारागारको रकम असुलेको आरोप

असार १३, २०८३
धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    424 shares
    Share 170 Tweet 106
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    381 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.