तरहरा : इटहरी २० तरहरामा आजबाट आँखाको उपचार सेवा सूचारु भएको छ ।
सानोतिनो आखाँको समस्या हुँदा पनि इटहरी सहित अन्य स्थानका स्वास्थ्य संस्थामा जानूपर्ने बाध्यतालाई मध्यनजर गर्दै तरहराबाट आँखा उपचार सेवा सुरु गरिएको हो ।
तरहरामा रहेको असहाय महिला कल्याण केन्द्रको सहकार्यमा इटहरीमा रहेको नवदृष्टि आँखा अस्पताल प्रालिले सेवा सूचारु गरेको हो ।
आँखाको उपचारसेवा सूचारु भएपछि इटहरीको २०, २, ३, १९, १ सहित बक्लौरीबाट समेतका सेवाग्राहीले सेवा लिन सक्ने जनाइएको छ ।
आँखा अस्पतालका तर्फबाट प्रमुख डा. बिजय गौतमले मानव अंगको संवेदनशील मानिएको आँखाको उपचारका लागि तरहराबाटै सेवा सूचारु गर्न पाउदा खुसी लागेको बताए ।














Discussion about this post