झापा कमल गाँउपालिका ६ बस्ने २० बर्षीय नवराज भट्टराई लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन ।
हिजो दिउँसोको समयमा मेचीनगर नगरपालिका ६ स्थित मेचीपुल बाट भट्टराईलाइ नियन्त्रणमा लिईएको हो ।
नियन्त्रण पश्चात उनलाई चेक जाँच गर्दा गुप्ताङमा लुकाई छिपाई राखिएको अवस्थामा २० ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।
उनि विरुद्ध थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।














Discussion about this post