कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति कोशी राजमार्गको बुढिगंगा गापा ४ गोकुवा चोकमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाइकल चालक झापा कचनकवल– ६ का २८ वर्षीय राम सुबेदीको मृत्यु भएको छ । इटहरीबाट विराटनगर तर्फ जादै गरेको ना ४ ख ७८२३ नम्बरको बसले बिपरित दिसाबाट आउँदै गरेको प्रदेश– ३– ०२००७ प०६८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाईते भएका सुवेदीलाई उपचारको लागि कोशी अस्पताल विराटनगर लाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र बस चालक सुनसरीको ईनरुवा– ३ बस्ने ३२ वर्षीय रामकुमार पण्डितलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।



















Discussion about this post