ओरियन्स कम्पनीको ठूलो परिणामको अबैध समान सहित १ जनालाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।
ओरियन्स कम्पनीका बिभिन्न ब्राण्डका खाद्य वस्तुहरु अबैध रुपमा ल्याई भण्डारण गरिएको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका ६ बाट २ करोड ४२ लाख ४० हजार ७३० रुपैँया बराबरको अबैध खाद्य वस्तुहरु बरामद गरेको हो ।
समान बरामद भएसंगै संचालक जीतेन्द्र शाहलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय इटहरी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post