सुनसरीको बिभिन्न २ स्थानबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका – ४ र बर्जु गाउँपालिका – ३ बाट १–१ जना गरी २ जनालाई लागूऔषध सहित पक्राउ गरेको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाबाट सोही गाउँपालिका – ८ का शिव शंकर मेहेतालाई अबैध लागूऔषधहरु डाईलेक्स डि.सि.२१ बोतल, स्पास्मोप्रोक्सिभन १४१ क्याप्सुल र नाईट्रोसन ३७ ट्याबलेट सहित पक्राउ गरेको हो ।
यसैगरी बर्जु गाउँपालिकाबाट बिराटनगर महानगरपालिका – १६ का सन्तोष मण्डललाई अबैध लागूऔषध डाईलेक्स डि.सि.५९ बोतल, स्पास्मोप्रोक्सिभन २८८ क्याप्सुल र नाईट्राभेट १० लेखिएको ६०० क्याप्सुल सहित पक्राउ गरिएको हो ।
लागूऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।













Discussion about this post