रामधुनी : रामधुनी नगरपालिकामा थप ४ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
रामधुनी नगरपालिकाका एक कर्मचारी, वडा नम्बर ४ का एक जनप्रतिनिधि र एक सर्वसाधरण र एक क्वारेन्टिनमा रहेका गरी ४ जनामा कोरोना पोजेटिभ देखिएको रामधुनी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख समिम अंसारीले पुष्टि गरे ।
२१ साउनमा नगरपालिका तथा वडाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयसहित ६२ जनाको स्वाब संकलन गरी पठाइएकोमा ४ जनाको भने रिपोर्ट पोजेटिभ आएको हो ।













Discussion about this post