विराटनगर । मोरङ जिल्ला प्रशासन कार्यालयले नेपाल-चीन बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त आर्थिक सहयोगको विवरण सार्वजनिक गरेको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार मोरङ जिल्लास्थित विभिन्न निजी क्षेत्र, सामाजिक सङ्घसंस्था, राष्ट्रसेवक कर्मचारी तथा अन्य संस्थाहरूबाट प्राप्त सहयोग रकमको विवरण सार्वजनिक गरिएको हो।

सार्वजनिक विवरणअनुसार विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट गरी जम्मा ९८ लाख ६४ हजार ७३५ रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ। जसमध्ये सबैभन्दा धेरै माेरङ उद्याेग व्यापार सङ्घले ३१ लाख सहयाेग गरेकाे छ ।
प्रशासन कार्यालयले विपद्को कठिन परिस्थितिमा राहत कोषमा स्वेच्छिक रूपमा आर्थिक सहयोग गरी पीडितहरूको राहत तथा पुनःस्थापनामा योगदान पुर्याउने सम्पूर्ण दाताहरूप्रति जिल्ला प्रशासन कार्यालय मोरङले हार्दिक आभार व्यक्त गरेको छ।

कार्यालयले राहत कोषमा रकम जम्मा गरी जानकारी गराउन बाँकी रहेका अन्य दाताहरूलाई समेत सम्पर्क गरी विवरण उपलब्ध गराउन आग्रह गर्दै प्राप्त हुने विवरण क्रमशः सार्वजनिक गर्दै जाने जनाएको छ।












Discussion about this post