Wednesday, September 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

हेमकर्णको आशलाग्दो नेतृत्व

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
जेष्ठ १७, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
हेमकर्णको आशलाग्दो नेतृत्व
1k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : विभिन्न सामाजिक सञ्जालमा म समाजसेवी भन्ने टायपका स्टाटसहरु यदाकदा देखिन्छन् ।

अधिक मानिसहरु फेसबुके समाजसेवी धेरै छन्, त्यो विद्यमान अवस्था छ । सानो काम नै गर्न खोजेपनि मिडियाबाजी गर्न र फेसबुकमा राजनीति गर्नेहरुको एउटा झुण्ड छ ।

विभिन्न राजनीतिक दलमा नेतृत्व तहमा गएका मानिसहरु पनि आफ्नो राजनीतिक दल भन्दा माथि उठेर काम नगरेको अवस्था पनि आँखा आगाडि नै छ । यहि बीचमा इटहरीमा रहेर राजनीति गरिरहेका कुशल नेतृत्वकर्ता हुन् हेमकर्ण पौडेल । नेपाली कांग्रेससँग राजनीतिक आस्था छ उनको । कांग्रेसका इटहरीका नगर सभापति पनि हुन् उनी ।

तर, समाजमा आइपर्ने समस्याका लागि उनी राजनीतिक दलभन्दा माथि उठेर काम गर्छन् । चाहे जुनसुकै दलमा आस्था राख्ने मानिस हुन्, समस्या परे उनको फराकिलो हृदय अगाडि बढिहाल्छ सहयोग गर्नका लागि । ‘अहिले बाँच्ने समय हो, बाँचिएछ भने राजनीति त पछि गरौँ ।’ उनी भन्छन् ।

केही दिन अगाडि मैले फोन गरेँ, र भनेँ– ‘इटहरी वडा नं. २ मा एकजना लिम्बू थरकी आमा खस्नुभएछ, किरिया गर्ने खर्च नभएर फोन आएको थियो, धेरैतिर मैले फोन गरेँ, केही पार लागेन कसो गरौँ ?’

‘विहान ८ बजेतिर मलाई सम्झाउनु नि एकपटक ?’ प्रतिक्रियास्वरुप उनले भनेको शब्द यति नै हो । मैले फोन राखेँ ।

मोबाइल भाइब्रेसनमा थियो, फोन आयो घाम कोठामा पस्नुअगाडि । मोबाइलको भाइब्रेसनले निद्राबाट ब्यूझिएँ । फोन उनै पौडेलको थियो । ‘हिजो भाइले समस्या परेको घरमा जाउँ न, अरु त के नै गर्न सकिन्छ र अवस्था हेरेर आउँ ?’ मैले ‘हुन्छ’ भनेर घरबाट निस्किएँ । इटहरी २ बरगाछी नजिकै एक पसलबाट करीब २ हजार बराबरको केही सामान र फलफूल किनेर हामी पीडित परिवारकोमा लाग्यौँ ।

ती परिवारका अनुसार आँफूहरु कोठाभाडामा बस्दै आएको र किरिया गर्नका लागि खर्च नै समस्या रहेको सुनाए । कोठाभाडामा बस्नेलाई वडाले राहत पनि नदिएका गुनासो छ । निर्दोष अनुहारले उनीहरु झिनो आशाको त्यान्द्रो लिएर हामीतिर हेरिरहेका थिए ।
परिवारजनले त्यति बोलेपछि हेमकर्णले पर्स झिकेर नगद १० हजार रुपैँया हातमा हालेर भनेँ–‘केही समस्या परो भने सम्झनु, अहिले बाँच्ने समय हो, बाँचिएछ भने पछि राजनीति गरौँला ।’

उनको एक भनाईले मेरो हृदय छोयो । वास्तबमा नेतृत्व चाहिने भनेको नै बिपद्को समयमा हो, बाँचिएछ भने त पछि राजनीति गरौँला । यो एउटा प्रतिनिधि घटना मात्र हो । उनले यस्ता सयौँ विपन्न र विपत्तीमा परेका परिवारका लागि घाउमा मल्हम लगाउँने काम गरेका छन् । ती उदाहरणहरु यहाँ लेखिरहन नपर्ला ।

यसअघि एकदिन उनै हेमकर्णले एक बसाईमा भनेका थिए – ‘मान्छे विहानै उठेर आज एउटा जग्गामा कति कमिशन खाने भनेर सोच्छ, अनि ध्यान बस्छ ।’ हरेक पलमा सकारात्मक सोच्नुपर्ने उनको बुझाई छ ।

बेलाबेलामा विभिन्न काममा उनी चर्चामा आइरहन्छन् । पौडेल टाकुरान्यूजसँग भन्छन्, ‘मैले चर्चामा आउँनका लागि र फेसबुकमा बधाई पाउँनका लागि राजनीति गरेको हैन, राजनीतिको माध्यमबाट समाज रुपान्तरण गर्नका लागि यता होमिएका हुँ ।’

आँफूले राजनीतिको माध्यमबाट समाजमा रहेका निमुखा, गरिब र असाहयको सहारा बन्नका लागि राजनीति गरेको उनको भनाई छ । कार्यकर्तामाझ पनि निकै लोकप्रिय नेताका रुपमा चिनिने उनको स्वभाव हक्की छ भने उनको मन सहृदयी छ ।

त्यसो त उनी कार्यकर्तामाझ मात्र हैन । गरिब, असहाय, विपन्न र सर्वहाराका लागि पनि लोकप्रिय बन्दै गएको उनको पछिल्लो दिनको कामले चिनाउँछ । पछिल्ला दिनहरुमा उनले जनताको हितका निम्ति थुप्रै लोकप्रिय कामहरु गरेका छन् । सयौँको लागि घरको छानो बनेका छन् भने सयौँका लागि अभिभावक पनि ।

को हुन हेमकर्ण ?

इटहरीमा मात्र हैन पूर्वी नेपालमै चिनिएको नाम हो हेमकर्ण पौडेल । गाउँका गरिव जनता देखि नाम चलेका नेता सम्म पहुँच राख्न सक्ने हेमकर्ण इटहरीका सबै दलका लागि लोकप्रिय नेता हुन ।

सर्वसाधारणको बुझाईमा हेमकर्ण विपन्न गरिबका लागि आशाको त्यान्द्रो हुन् । हिम्मत र साहसले राजनीतिमा अगाडि बढेका हेमकर्ण २०५४ सालमा जनता क्याम्पसको स्ववियु सभापति भए ।

त्यसपछि उनलाई राजनीतिमा अझ चाख बढ्दै गयो । अहिले इटहरी कांग्रेसको नेतृत्व सम्हालिरहेका उनी सिंगो इटहरीका लागि ढुकढुकी बन्दै गईरहेका छन् ।

आगामी दिनमा नेपाली जनताले चाहेको नेतृत्व उनै हेमकर्ण जस्तै हो ।

जस्तोसुकै बिपत्तीमा पनि जनताको घाउमा मल्हम लगाउँने पौडेलको नेतृत्व आशलाग्दो छ ।

शीष्ट र इमान्दारी स्वभावका हेमकर्णले अबको इटहरी कांग्रेसको मात्र नभई सिंगो नगरको नेतृत्व लिन आवश्यक छ । दलभन्दा माथि उठेर काम गर्ने हेमकर्ण जस्तै नेतृत्व चाहेको छ समाजले ।

हेमकर्णको यो आशलाग्दो नेतृत्व मैन जस्तो निभेर नजाओस्, आगामी दिनको हेमकर्णको नेतृत्व हेर्न बाँकी छ ।

Tags: हेमकर्ण पौडेल
विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

खोटाङ : बाँदर खेद्न जङ्गल पुगेका दुई दाजुभाइमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी...

‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो
FEATURE BREAKING

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

इटहरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अनटेस्ट सिटी सफारी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।...

बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३
अख्तियारले ‘स्टिङ अप्रेसन’लाई निरन्तरता दिने 

काम अल्झाएर १५ हजार घुस, वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

आज तपाईंको भाग्यमा के छ? हेर्नुहोस् आजको राशिफल

भदौ ३१, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३
‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भदौ ३०, २०८३
बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    942 shares
    Share 377 Tweet 236
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    755 shares
    Share 302 Tweet 189
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    272 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.