Saturday, June 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

माओवादी बैठकमा कोशी प्रदेशको रिपोर्टिङ : ‘उपनिर्वाचनको परिणामपछि भुइँमा खुट्टा छोड्न खोजियो’

कार्यतालिकासहित माहाधिवेशन वा विशेष महाधिवेशन तय गर्नुपर्नेमा जोड

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस २१, २०८१
in टाकुरा विशेष, समाचार
0
माओवादी बैठकमा कोशी प्रदेशको रिपोर्टिङ : ‘उपनिर्वाचनको परिणामपछि भुइँमा खुट्टा छोड्न खोजियो’
91
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : उपनिर्वाचनको परिणामपछि उत्साहित भएर भुइँमा खुट्टा छोड्न खोजिएको भन्दै कोशी प्रदेश माओवादीले केन्द्रीय समितिको बैठक ध्यानाकर्षण गराएको छ ।

काठमाडौंमा आइतबारदेखि सुरू भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्साले रिपोर्टिङ गर्दै उपनिर्वाचनको परिणामले पूर्ण सन्तुष्ट र धेरै उत्साहित हुने अवस्था नरहेको बताएका हुन् ।

‘केही जिल्लाहरूमा नेतृत्व केन्द्रीकरण र एकरूपतामा समस्या रहेको छ । उप निर्वाचनमा नेतृत्वबीचमा एकता र केन्द्रीकरण भएको जिल्लामा विजय हासिल भएको छ भने नेतृत्वबीचमा एकता र केन्द्रीकरण नभएको जिल्लामा परिणाम हात पार्न सकिएन,’ रिपोर्टिङ गर्दै उनले भने, ‘त्यसकारण उपनिर्वाचनको परिणामले पूर्ण सन्तुष्ट हुने र धेरै उत्साहित हुने अवस्था छैन ।’

उनले उपनिर्वाचनमा मतको हिसावले प्रदेशमा पहिलो बनेको उल्लेख गर्दै मोरङ ग्रमथान गाउँपालिका, उदयपुरको त्रियुगा–१२ र बेलका–९ मा बिजयी भएको, सुनसरीको गढी–६, ताप्लेजुङको सिरिजङ्गा–३ मा सन्तोसजनक मतसहित दोस्रो र झापाको कन्काई–६ मा चौथो भएको उल्लेख गरे ।

उनले तेह्रथुमको लालिगुराँस–८ मा २६ भोट र मोलुङ–५ ओखलढुङ्गामा २३ भोट मात्र प्राप्त गर्नुले जिम्मेवारी लिएका नेतृत्वको लापरवाही र पार्टीको कमजोर अवस्था उजागर भएको बताएका छन् ।

‘आगामी निर्वाचन २०८४ को तयारीमा जुट्नु पर्छ । उप–निर्वाचनको परिणामले उत्साहित भई फेरि भुइँमा खुट्टा छोड्न खोजिएको छ । यसले जमिनमा बजारिने जोखिम छ । त्यसकारण पार्टी निर्माणमा मसिनो गरी लानुपर्छ,’ उनले भने, ‘सही नेतृत्व विन्यास, पदाधिकारी, स्थायी समिति र केन्द्रको पुनःसंरचना, बेरोजगार नेतृत्वको कार्यक्षेत्र र योजना ठोस गरिनु पर्छ । आगामी निर्वाचनको एजेण्डामा होस पु¥याउनुपर्छ ।’

उनले कार्यतालिकासहित माहाधिवेशन वा विशेष महाधिवेशन तय गर्नुपर्ने, एकपटकको लागि केन्द्र्र, प्रदेश र पालिकाको अधिवेशनको कार्य तालिका ल्याउनु पर्नेमा पनि जोड दिए ।

‘विधान अनुसार माथिल्लो कमिटी सानो बन्ने तर, तल्लो कमिटीमा कोही बस्न नमान्ने र जिल्ला कमिटी कार्यकारी नहुँदा, केन्द्रीय समिति र प्रदेश समिति सानो बन्दा वर्तमान ठूला कमिटीको नेतृत्व व्यवस्थापनमा चुनौती भएकोले व्यवस्थापनको हिसाबले पनि अधिवेशनको कार्यतालिका जरुरी रहेको छ,’ उनले भने ।

उनले अवसर हद र उमेर हद, कार्यरतको व्यवस्थापनसहितको उत्पादन नीति, पूर्णकालिन र अल्पकालिन कार्यकर्ताको मापदण्ड, नेतृत्वहरूको सम्पती सार्वजनिकीकरणको ठोस कार्यविधि निर्माण गरी लागू गरिनुपर्ने, सदस्यता र लेवीबारे पुनरविचार गरिनुपर्ने, लेवी नलिने वा स्वेच्छिक सम्बन्धित कमिटीले मात्र लिने, सदस्यता नवीकरण शुल्क मात्र लिएर नवीकरण गरिनुपर्ने, विधानमा भएको व्यवस्था अनुसार सदस्यता वितरण, अभिलेखलगायतको सम्पूर्ण अधिकार प्रदेशलाई दिनु पर्ने पनि उनले माग गरे ।

 

Tags: कोसी प्रदेशमाओवादीमाओवादी केन्द्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै
FEATURE BREAKING

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

विराटनगर : नेपाली कांग्रेसको संस्थापन इतर पक्षल आइतबार विराटनगरमा भेला गर्ने भएको छ । पार्टीभित्र दबाब सिर्जना गर्ने र विशेष...

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण
FEATURE BREAKING

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

by टाकुरा न्यूज । इटहरी
जेष्ठ ३०, २०८३
0

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–९ खाल्डे कटहरेमा भरुवा बन्दुक सफा गर्ने क्रममा पड्किँदा ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको छ।...

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एकै वर्ष १७ हजार केजीभन्दा बढी गाँजा बरामद

जेष्ठ ३०, २०८३
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

जेष्ठ ३०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

‘पार्टी सुधारका लागि दबाब’ : कांग्रेस इतर पक्ष विराटनगरमा भेला गर्दै

जेष्ठ ३०, २०८३
धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

धनकुटामा बाँदर धपाउन राखिएको भरुवा बन्दुक बन्यो ज्यानै जाने कारण

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

सगरमाथा चुम्ने चुम्बकीय क्षमताका मानिसहरू

जेष्ठ ३०, २०८३
संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

संखुवासभामा बारुद लोड भएको भरुवा बन्दुकसहित एक पुरुष प्रहरी नियन्त्रणमा

जेष्ठ ३०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.