इटहरी । गीतकार केशव मिश्र (के.आर.केशु) को नयाँ गीत सार्वजनिक भएको छ ।
उनको पहिलो म्युजिक भिडियो पैसा युट्युबमा सार्वजनिक भएको हो ।
म्युजिक भिडियो अमेरिकाको न्यूयोर्कमा रहेको ओम मेगा अडियो एण्ड भिडियो मार्फत सार्वजनिक गरिएको बताईएको छ ।
अहिलेसम्म ४८ हजार बढीले उक्त भिडियो हरिसकेका छन् ।
गायक तथा लेखक केशव समेत रहेका उनी इटहरीबासी हुन् । उनी अहिले अमेरिका बसोबास गर्छन् । उनले ४ दर्जन गीतहरु लेखिसकेका र यसअघि धरानमा २ वटा गीत पनि रेकर्डिङ गराईसकेका छन् ।
उनले अहिलेको परिस्थिति र यथार्थता लाई ध्यानाकर्षण गर्दै पैंसा नामक नयाँ गीत सार्वजनिक गरेका हुन् ।
भिडियो
Discussion about this post