इटहरीको बेदान्त हस्पिटलमा स्त्री तथा प्रसूती रोग बिशेषज्ञको सेवा सुरु भएको छ ।
डा. अन्जु देवबाट साप्ताहिक सेवा सुरु भएको छ । त्यस्तै, डा. निशा अधिकारीले दैनिक रुपमा सेवा दिने गरेकी छिन् ।
कोरोनाको माहामारीको कारणले गर्दा कतिपय शिशुहरु र आमाहरु अकालमा ज्यान गुमाउनुपर्ने अबस्था आउँन नदिनका लागि स्त्री तथा प्रसूती रोग बिशेषज्ञको सेवा दैनिक सुरु गरेको बेदान्त हस्पिटलका सञ्चालक इन्द्र श्रेष्ठले जानकारी दिए ।
बेदान्त हस्पिटलले अन्य पनि थुप्रै सुबिधाहरु दिदैँ आएको छ ।
इमरजेन्सी सेवा, डिजिटल एक्सरे, फामेसी, ल्याब, अपरेसन, प्लाष्टरका सेवाहरु २४ सै घण्टा उपलब्ध गराउँदै आएको छ ।
फिजिसियन, रोडियोलोजिष्ट, बाल तथा शिशु रोग बिशेषज्ञ, हाडजोर्नी तथा नसा रोग, छाला तथा यौनरोग, जेनेरल फिजिसियनका डाक्टरहरु प्रतेक दिन आएर सेवा दिने गरेका छन् ।
प्रतेक दिन ८ जना बिभिन्न रोगका बिशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गर्दै आएका छन् भने प्रत्येक हप्ता अन्य ६ जना डाक्टरहरु आउँने गरेका छन् ।
Discussion about this post