इटहरी : सुनसरीको रामधुनी ६ इचौलबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
सोमबार दिउँसो ३ः३० बजेतिर प्र १–०२–०४६ प ९०४४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल पछाडि रामधुनी ५ का सवार २२ वषीय दीपेश चौधरीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा साँझ ५ः१० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मोटरसाइकल चालक रामधुनी ५ बस्ने १९ वर्षीय श्रीजल चौधरी गम्भीर घाइते भएका छन् । उनको नोबेल अस्पताल विराटनगरमै उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post