इटहरी : अध्यापन नै नभएको लकडाउनको शुल्क असुल्न मानसिक यातना दिएर विद्यार्थीलाई दबाब दिएपछि इटहरीका निजी कलेज बिरुद्धमा उत्रिएको आन्दोलनले उग्ररुप लिएको छ ।
यसैबीच विद्यार्थीहरु आन्दोलनमा उत्रिएर कलेज तोडफोड नै गर्ने स्थिति सृजना भएपछि निजी कलेजका शिक्षक, कर्मचारीहरुले पत्रकार सम्मेलन गरी आफूहरुको सुरक्षाको पूर्ण ग्यारेण्टी नभए अध्यापन नगराउने उल्लेख गरेका छन् ।
शनिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै इटहरीको विश्व आदर्श, कस्तुरी, कोशी र शुष्मा कलेजका शिक्षकहरुले विद्यार्थीहरुको आन्दोलनले शिक्षक, कर्मचारीहरु त्रासमा रहेकाले सुरक्षाको पूर्ण ग्यारेण्टी नभए अध्यापन नगराउने उल्लेख गरेका हुन् ।
उनीहरुले भर्चुअल माध्यमबाट अध्यापन गराएको बताउँदै कोर्ष कम्प्लिट गरेको शुल्क लिएको समेत विज्ञप्तीमा उल्लेख गरेका छन् ।
मानसिक यातना दिएर शुल्क लिएपछि आक्रोशित विद्यार्थीहरुले शुक्रबार विश्व आदर्श कलेजका सुरक्षा गार्ड मोहन अधिकारीमाथि सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट घाइते अधिकारीको हाल विराट नर्सिङ होममा उपचार भइरहेको छ । कलेज सञ्चालकहरुले दोषीमाथि कारबाही गर्न समेत माग गरेका छन् ।

‘निजी कलेजमा कार्यरत शिक्षक, कर्मचारीहरु हाल मनोवैज्ञानिक दृष्टिकोणले त्रासदीपूर्ण हिसाबले गुज्रिरहेको अवस्थामा निजी शैक्षिक प्रतिष्ठान र प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारीहरुको पेशागत हकहितको सुरक्षामा ध्यान दिदैँ सुरक्षाको वातावरण मिलाउन कलेज व्यवस्थापन, स्थानीय प्रशासन र सरोकारवालाहरुसँग जोडदार माग गर्दछौँ,’ विज्ञप्तीमा भनिएको छ, ‘शैक्षिक प्रतिष्ठान जस्तो सम्मानित, संवेदनशील र पवित्र स्थानमा कार्यरत शिक्षक कर्मचारीको सुरक्षाको ग्यारेण्टी नभए अध्ययन अध्यापन गराउने वातावरण नहुने व्यहोरा जानकारी गराउँदछौँ ।’
यो पनि – शिक्षकलाई तलव नै नदिएका इटहरीका निजी कलेज, विद्यार्थीलाई धम्क्याएर शुल्क असुल्दै
यो पनि – मानसिक यातना दिएर विद्यार्थीसँग शुल्क असुल्दै इटहरीका निजी कलेज
यो पनि – शुल्क मिनाहा माग गर्दा इटहरीका निजी कलेज अनिश्चितकालका लागि बन्द














Discussion about this post