धरान : धरान गल्फ क्लबको आयोजनामा छैठौं इन्द्र बराह मेमोरियल एमेच्योर ओपन गल्फ प्रतियोगिता हुने भएको छ ।
धरान गल्फ क्लबका पूर्व सदस्य स्व. इन्द्र कुमार लामिछानेको स्मृतिमा १५ वर्ष कन्ट्याक्ट्मा धरान गल्फ क्लबले प्रतियोगिता गर्दै आएको आयोजकले जनाएको छ ।
गत वर्ष कोरोनाका कारण प्रतियोगिता गर्न नसकेको र हाल छैटौं प्रतियोगिता यही वैशाख ४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको धरान गल्फ कोर्षमा सम्पन्न हुने आयोजक क्लबका कोषाध्यक्ष राजु राईले जानकारी दिए ।
प्रतियोगितामा १ नं. प्रदेश लगायत काठमाडौँ, पोखराका तीन महिला र ४० पुरुष गरि ४३ भन्दा बढी एमेच्योर खेलाडीले सहभागिता जनाउने सुनसरी गल्फ संघका अध्यक्ष दलबहादुर राईले बताए ।
प्रतियोगितालाई बराह ग्रुपले प्रायोजन गरेको छ ।
प्रतियोगिताको उपाधी पाँचौ संस्करण इटहरीका सन्तोष कार्की र चौथो संस्करण धरानका वीरेन्द्र विक्रम लिम्बूले जितेका थिए ।
प्रतियोगिताले गल्फ खेलको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको दाबी छ । स्व. इन्द्र लामिछाने गल्फ खेलमा चासो राख्ने भएकाले उनको स्मृतिमा आयोजना गरिदैँ आएको बराह ग्रुपका अध्यक्ष शिव लामिछानेले बताए ।
Discussion about this post