इटहरी : प्रदेश १ मा थप ४८६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने एकैदिन एक हजार ३१० जना संक्रमणमुक्त भएका छन् ।
थपिएकामध्ये मोरङको विराटनगरमा ११७, बुढीगंगामा १८, कानेपोखरीमा १७, बेलबारीमा ११, कटहरीमा ६, पथरीशनिश्चरेमा ५, सुन्दहरैँचामा ४, जहदा र स्थानीय तह नखुलेका ३–३, सुनबर्षीमा २, रंगेली र उर्लाबारीमा २–२, रतुवामाई, लेटाङ, केराबारी र ग्रामथानमा १–१ जना छन् ।
सुनसरीको धरानमा ६२, इटहरीमा ३१, इनरुवामा २०, दुहवीमा ७, रामधुनीमा ६, बराहक्षेत्रमा ५, बर्जुमा २, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१ जना छन् ।
त्यस्तै, झापाको दमकमा ७४, भद्रपुरमा १६, मेचीनगरमा ५, विर्तामोडमा ४, कचनकवलमा ३, शिवसताक्षी , कमल, बा¥हदशी, अर्जुनधारा र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।
उता, धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिबासमा ४, शहिदभूमी, महालक्ष्मी, चौविसे र छथरमा १–१, उदयपुरको रौतामाई र त्रियुगामा २–२, कटारी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
संखुवासभाको खाँदबारीमा ३ र मादीमा १, भोजपुरको भोजपुर नगरपालिकामा १ र स्थानीय तह नखुलेका ३, ते¥हथुमको फेदापमा १, इलामको चुलाचुलीमा १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७५२ रहेको छ ।
Discussion about this post