लेटाङ : मोरङको लेटाङमा स्कूलबाट घर फर्किएकी एक जना बालिका जंगलमा मृत फेला परेकी छन् ।
लेटाङ नगरपालिका ८ ज्यामिरे टोलकी १२ वर्षीया बालिका करुणा राई लालहीरा सामुदायिक वनभित्र मृत फेला परेकी हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मन्जिल मुकारूङका अनुसार बालिका फागुन ११ स्कूल छुटी भएर घर फर्किने क्रममा हराएकी थिइन् । ज्यामिरे टोलदेखि करुणा अध्ययन गर्ने स्कूल जाते उच्च मावि पुग्न एक घण्टा पैदल हिडेर जानु पर्दछ । ज्यामिरे मोरङको उत्तरी बिगट पहाडी क्षेत्रमा पर्दछ । करुण कक्षा ६ मा अध्ययरत छिन् ।
प्रहरीले यस घटनामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको डीएसपी मुकारुङले जानकारी दिए । ‘अनुसन्धानको लागि केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘घटनाको सोधपुछ र अनुसन्धान भइरहेको छ ।’
मृतकको शव नाङ्गो अवस्थामा भेटिएको छ । प्रहरीले उत्खनन गरेर उनको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । बलात्कारपछि हत्या गरेर उनको शव गाडिएको हुनसक्ने प्रहरीको आशङ्का छ ।
प्रहरीले खाल्डोबाट बालिकाको शव उत्खनन गरेर बाहिर निकाल्दा घटनास्थल तनावपूर्ण बनेको थियो ।














Discussion about this post